२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

हुम्लामा पहिलो पटक औद्योगिक प्रदर्शनी

Nada
२०८१ असार १३ गते ११:२८
Shares
हुम्लामा पहिलो पटक औद्योगिक प्रदर्शनी

हुम्ला : स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ । 

ncell

प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुटलगायत सामग्री राखिएको थियो । 
   
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजना गरेको प्रदर्शनीमा ३७  उद्यमीले आफ्ना उत्पादन राखेका उक्त कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीले बताए । प्रदर्शनमा खाद्य, पेय, र सिलाइबुनाइसहित तीन विधामा उत्कृष्ट उत्पान गरेकालाई पुरस्कृत गरिएको थियो । 
    
खाद्य तथा पेय प्रदर्शनीमा सुर्वण सिमकोट खाद्य उद्योग प्रथम, बागजुर चिया तथा नर्सरी फलफूल उद्योग दोस्रो, विष्णुदेव कृषि फार्म तृतीय र सञ्जय कृषि खाद्य उद्योगले सान्त्वना पुरस्कार पाएका उनले जानकारी दिए । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः रु दश हजार, छ हजार, तीन हजार र एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर