२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

संघ निवार्चन : एशोसिएसनले टुंग्यायो ४ पदाधिकारी र ५ सदस्यको उम्मदेवार

shivam cement
२०८१ माघ १८ गते ०६:५०
Shares
संघ निवार्चन : एशोसिएसनले टुंग्यायो ४ पदाधिकारी र ५ सदस्यको उम्मदेवार

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव गरी पदाधिकारीमा ४ र ५ सदस्य गरी ९ पदको उम्मेदवारी टुंगो लगाएको छ ।

एशोसिएसनले अध्यक्षमा संघका पूर्वद्वितीय उपाध्यक्ष गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिं गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक देवकुमार खोखाली र महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सदस्यहरूमा दिपक कुमार राय, विद्यालक्ष्मी बज्रचार्य, देवीप्रसाद गिरी, विश्वास तिमिल्सिना र सुवर्ण लामा गरी ९ जनाको उम्मेदवारी टुंगो लगाएको छ । बिहीबार राति अबेर उक्त निर्णय गरिएकोे एशोसिएसनका अध्यक्ष दीपक थापाले बताए । तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य केही दिनमा टुंगो लाग्ने बताइएको छ ।

एशोसिएसनमा अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनाल र एसआरके ओभरसिज प्रा.लि.का सञ्चालक किशोर केसी गरी ७ जना आकांक्षी थिए । 

प्रथम उपाध्यक्षमा ढकालसहित पशुपति एचआर सोलुसन प्रा.लि.का सञ्चालक सेवन्तराज न्यौपाने, कास्की ओभरसिज प्रा.लि.का सञ्चालक अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि खोखालीसहित अल जाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक महम्मद जवारदिन मियाँ र इन्स्पायर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक देवीप्रसाद काफ्ले, रेडियन्ट ओभरसिज प्रा.लि.का सञ्चालक शिवकुमार कार्की र इम्प्लोइमेन्ट क्रियसन प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बूको दाबी परेको थियो ।

तृतीय उपाध्यक्षमा भर्षा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेघाले मगर, सेक्युर जब प्लेसमेन्ट प्रा.लि.का सञ्चालक सुमनराज पाण्डे, हिमालय भ्याली नेपाल प्रा.लि.का सञ्चालक देवीप्रसाद गिरी, जस्मिन ओभरसिज प्रा.लि.का सञ्चालक नवराज भट्टको दाबी परेको थियो ।

महासचिवका लागि ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक बस्नेत सहित त्रिवेणी ओभरसिज प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेल, डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का सञ्चालक कर्णराज कटुवाल र साधना इन्टरनेशनल प्रा.लि.का सञ्चालक सोमबहादुर तामाङको दाबी परेको थियोे ।

सचिवमा अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक ईश्वर सापकोटा, उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्र लिम्बू, टार्गेट कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक विवश ढुंगाना, शुभहारती मेनपावर प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठ, मार्स म्यानपावर प्रा.लि.का सञ्चालक प्रकाश बोहोरा, एचएमटी ओभरसिज प्रा.लि.का सञ्चालक तुलसी पुरी र कोषाध्यक्षका लागि विनर एचआर सोलुसन प्रा.लि.की सञ्चालक हिमा गुरुङ सहितको दाबी परेको थियो । कोषाध्यक्षको निर्णय भएको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर