२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

हरि पाण्डेको अध्यक्षतामा एकता समितिको कार्यसमिति चयन

Nada
२०८१ माघ १९ गते ०६:२५
Shares
हरि पाण्डेको अध्यक्षतामा एकता समितिको कार्यसमिति चयन

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा फ्युचर स्टार म्यानपावर प्रा.लि.का संचालक हरिबहादुर पाण्डे क्षेत्री पुनः निर्वाचित भएका छन् । समाजको शुक्रबार सम्पन्न सातौं साधारणसभाले सर्वसम्मतिले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

ncell

समाजको कार्यकारिणी उपाध्यक्षमा अल अमल ओभरसिज प्रा.लि.का संचालक खड्कबहादुर क्षेत्री, रोयल गण्डकी ओभरसिज प्रा.लि.का संचालक तारानाथ अर्याल, इक्वेडर इन्टरनेशनल प्रा.लि.का संचालक हरिश्चन्द्र कुँवर र रोयल इन्टरनेशनल प्रा.लि.का संचालक सुशील केसीलाई निर्वाचित गरेको छ ।

त्यस्तै साधारण सभाले महासचिवमा इम्प्लोइमेन्ट लिंक प्रा.लि.का संचालक मधुकर रिजाल, सचिवमा प्यासिफिक ह्युमन रिसोर्स प्रा.लि.का संचालक नरेश पुन र त्रिवेणी ओभरसिज प्रा.लि.का संचालक लक्ष्मण पौडेललाई निर्वाचित गरेको छ । कोषाध्यक्षमा ओपस ह्युमन रिसोर्स प्रा.लि.का संचालक पदमबहादुर बिसी, सहकोषाध्यक्षमा मुस्कान ओभरसिज प्रा.लि.का संचालक शालिकराम गौतम निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा अलजाफर ओभरसिज प्रा.लि.का संचालक मोहम्मद जवारद्दिन मिया, शिवाकोटी म्यानपावर प्रा.लि.का संचालक भीष्म सिवाकोटी, शुभहारती म्यानपावर प्रा.लि.का संचालक विक्रम श्रेष्ठ, राज ग्रुप अफ कम्पनी प्रा.लि.का संचालक राजकाजी भलोन, गल्फस्टार मेनपावर प्रा.लि.का संचालक दिनेशबहादुर पौडेल क्षेत्री निर्वाचित भएका छन् । समाजको विधानअनुसार अध्यक्षले कार्यसमितिमा दुई जना व्यवसायी मनोनयन गर्नेछन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले पद तथा गोपनीयताको सपथ दिलाए । नवनिर्वाचित अध्यक्ष पाण्डे क्षेत्रीले समाजले स्थापनाकालदेखि गर्दै आएको व्यवसायीको हकहितको सुरक्षा तथा सामाजिक योगदानको कामलाई भविष्यमा थप सशक्त बनाउने बताए ।

कार्यकारिणी उपाध्यक्ष अर्यालले व्यवसायीले साधारण सभामार्फत निर्विरोध निर्वाचित गरेर पहिर्‍याएको अबिर र मालाको मर्मअनुसारको काम गर्ने प्रतिबद्धता जनाए । समाजले साधारण सभाका अवसरमा समाज र वैदेशिक रोजगार क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै समाजका सल्लाहकार तथा भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.का संचालक अग्रज व्यवसायी पदमराज पौडेल, लोकतान्त्रिक एशोसिएसनका पूर्वअध्यक्ष एवं नोकरी नेपाल प्रा.लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, कान्तिपुर म्यानपावर प्रा.लि.का संचालक तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी र असाहय, अनाथ बालबालिकाको शिक्षा दिक्षामा उच्च योगदानका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालकी विनिता अर्याललाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सम्बन्धित खबर