२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा

hardik ivf
२०८१ माघ १९ गते ०६:५०
कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचनका लागि फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल सार्वजनिक भएको छ । खनाल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका निवर्तमान अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हुन् ।

एशोसिएसनले संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा ९ सदस्यीय प्यानल सार्वजनिक गरेपछि खनालको नेतृत्वमा उम्मेदवारको अर्को प्यानल सार्वजनिक भएको हो । 

अध्यक्षका उम्मेदवार खनालले विधि, पद्धति, आदर्शको रक्षाका लागि आफ्नो नेतृत्वको प्यानल चुनावी मैदानमा आएको भन्दै वैदेशिक रोजगारका एजेन्डालाई निर्णयक निष्कर्षमा पु¥याइने मध्यान्हलाई बताए । 

उक्त प्यानलको प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक तथा एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका पूर्व सचिव चिरञ्जीबी बस्याल, तृतीय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, महासचिवमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका महासचिव मेघनाथ भुर्तेल र कास्की ओभरसिज प्रा.लि.का संचालक अमरप्रकाश तिवारीमध्ये एक जना उम्मेदवार बन्ने सार्वजनिक गरिएको छ । 

उक्त प्यानलबाट सचिवमा हाल संघका सचिव रहेका डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का संचालक कर्णराज कटुवाल, कोषाध्यक्षमा हाल एशोसिएसनकी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी विनर एचआर सोलुसन प्रा.लि.की संचालक हिमा गुरुङ उम्मेदवार बन्ने सार्वजनिक भएको छ ।

कार्यसमिति सदस्यमा उज्यालो ओभरसिज प्रा.लि.का संचालक चन्द्रप्रसाद लिम्बू, मार्स म्यानपावर प्रा.लि.का संचालक प्रकाश बोहोरा, शुभहारती मेनपावर प्रा.लि.का संचालक विक्रम श्रेष्ठ, अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक ईश्वर सापकोटा, रेडियन्ट ओभरसिज प्रा.लि.का संचालक शिवकुमार कार्की, डोटी ओभरसिज प्रा.लि.का संचालक लिलबहादुर तामाङ, राज ग्रुप अफ कम्पनीका संचालक राजकाजी भोलान, इम्प्लोइमेन्ट क्रियसन प्रा.लि.का संचालक हर्कबहादुर लिम्बू, अलोन ओभरसिज प्रा.लि.का संचालक जंगबहादुर इजाम, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि.का संचालक कैलाश पाठक, टेस्ला ओभरसिज प्रा.लि.का राजेश्वर राय यादव र सुफी इन्टरनेशनल प्रा.लि.का संचालक विन्देश्वर यादव रहेका छन् । राय यादवले छलफलपछि आफूहरू उम्मेदवार बन्ने वा नबन्ने निर्णयमा पुग्ने बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise