२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

गुरुङको उम्मेदवारीविरुद्ध अन्य ६ दाबेदार एकै ठाउँमा, बागी उम्मेदवारको पक्षमा किन निर्णय ?

hardik ivf
२०८१ माघ १९ गते ०६:५५
गुरुङको उम्मेदवारीविरुद्ध अन्य ६ दाबेदार एकै ठाउँमा, बागी उम्मेदवारको पक्षमा किन निर्णय ?

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवारमा दाबी पेश गरेका नेपाल लोकतान्त्रिक व्यवसायी एशोसिएसनमा आबद्ध ६ जना व्यवसायीले उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको लिखित विरोध गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका तर्फबाट निर्णय सच्याउने बताएका छन् ।

संघको अध्यक्षका लागि सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक कुमुद खनाल, फेमस ह्युमन रिसोर्स प्रा.लि.का संचालक चिरञ्जीबी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिं गुरुङ र एसआरके ओभरसिज प्रा.लि.का संचालक किशोर केसीले दाबी पेश गरेका थिए । त्यसमध्ये एशोसिएसनले संघको निर्वाचनका लागि गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक गुरुङको अध्यक्षतामा ९ जना उम्मेदवार सार्वजनिक गरेको थियो। 

गुरुङबाहेकका ६ जना आकांक्षीले एशोसिएसन कार्यसमितिको निर्णयको विरोधमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी फागुन २ गते हुने निर्वाचनका लागि माघ १७ गते सार्वजनिक बिदाको दिन मध्यरात निर्णय सार्वजनिक गर्नुले गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । उक्त निर्णय पार्टीले लडेको न्याय, समानता, स्वतन्त्रता र पारदर्शिता विपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीको विभिन्न तह र तप्कामा जिम्मेवारी पूरा गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, पूर्वअध्यक्षहरूलगायत सम्पूर्ण न्यायप्रेमी व्यवसायी उक्त निर्णयप्रति गम्भीर भएकाले निर्णयलाई ‘षड्यन्त्रपूर्ण’ भन्दै भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संघको २९औं साधारण सभामा संस्था एवं पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध समानान्तर प्यानल बनाइ चुनाव लड्ने उम्मेदवारलाई के आधारमा यस कार्यसमितिले अध्यक्ष पदको उम्मेदवार तय ग¥यो ?’ भन्ने प्रश्न उठाउँदै विज्ञप्तिमा निज उम्मेदवारका कारणले २७औं साधारण सभामा सम्पूर्ण प्यानलसहित विजयी भएको अवस्थामा निजका कारणले गत निर्वाचनमा हार व्यहोर्नुपरेको यथार्थलाई मध्यनजर नगरी पुनः उम्मेदवार छनोट गर्नु आपत्तिजनक र खेदजनक रहेकोे उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा संस्थाले सूचनामार्फत उम्मेदवारी आह्वान गरेपश्चात दर्ता भएका उम्मेदवारबीच सामान्य छलफल समेत नगराइ गरिएको निर्णयले समग्रमा पार्टीको संस्था नै अस्तव्यस्त हुने सम्भावनालाई गहिरोरूपमा अध्ययन गरेको जनाउँदै पार्टीको शुभेच्छुक संस्था भएकाले नेपाली कांग्रेस पार्टीमा निर्णय सच्याउनका लागि निर्णय गराउने उल्लेख गरिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise