२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

लोकतान्त्रिकको निर्णय विपरीत आफ्नो नाम राखिएकोप्रति व्यवसायी यादवको आपत्ति

Nada
२०८१ माघ १९ गते १४:५४
Shares
लोकतान्त्रिकको निर्णय विपरीत आफ्नो नाम राखिएकोप्रति व्यवसायी यादवको आपत्ति

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनको उम्मेदवार छनोटका क्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा विवाद सार्वजनिक भएको छ । गत माघ १७ गते राति एशेसिएसनले अध्यक्ष पदका लागि भुवन सिं गुरुङको नेतृत्वमा केही पदाधिकारी र सदस्यहरूको नाम उम्मेदवारको रूपमा सार्वजनिक गरेपछि शुक्रबार एशोसिएसनमा अध्यक्ष पदको दाबी गर्ने बाँकी ६ जनाले हस्ताक्षरसहित विज्ञप्ति सार्वजनिक गरेर सो निर्णयको विरोध गरे ।

ncell

यसरी विरोध जनाउनेमा फ्युजन इन्टरनेशनल प्रा.लि.का कुमुद खनालका साथै सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक सुजितकुमार श्रेष्ठ, फेमस ह्युमन रिसोर्स प्रा.लि.का संचालक चिरञ्जीबी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल र एसआरके ओभरसिज प्रा.लि.का संचालक किशोर केसी थिए ।

संयुक्त प्रेस विज्ञप्तिलगत्तै खनालकै नेतृत्वमा १९ जना उम्मेदवारको नामसमेत उक्त समूहबाट सार्वजनिक गरियो । तर उक्त सूचीमा नाम रहेका राजेश्वर यादवले भने उक्त सूचीमा आफ्नो नाम समावेश भएकोमा आपत्ति जनाएका छन् । उनले आफ्नो भनाइ सार्वजनिक गर्दै आफू लोकतान्त्रिक एशोसिएसनको आधिकारिक निर्णयभन्दा बाहिर कहिल्यै पनि नभएको स्पष्ट पारेका छन् ।

यादवले भनेका छन्- “म राजेश्वर यादव, टेस्ला मेनपावरको संचालक हुँ । म लोकतान्त्रिक एशोसिएसनको कार्यसमिति सदस्य पनि हुँ । मेरो नाम राखेर मध्यान्ह दैनिक पत्रिकामा मसँग सल्लाहसमेत नगरी संघको चुनाव लड्ने भनेर नाम राखिएछ, म नयाँ व्यवसायी हुँ, मैले कुमुद खनाल नाम गरेको व्यक्तिलाई चिनेको पनि छैन, मलाई यसरी किन फसाउन खोजिँदैछ ? यसमा मेरो घोर आपत्ति छ । म लोकतान्त्रिक एशोसिएसनको आधिकारिक निर्णयभन्दा बाहिर कहिल्यै पनि छैन र हुनेवाला पनि छैन ।”

ताजा खबर

सम्बन्धित खबर