२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

नक्कली नोटसहित एक जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते १३:०६
नक्कली नोटसहित एक जना पक्राउ

सर्लाहीः ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । 

प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise