२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जोखिमपूर्ण यात्रा गर्न बाध्य

ADV
ओबराज शाही
२०८१ असार १३ गते २०:०८
जोखिमपूर्ण यात्रा गर्न बाध्य

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ३ च्याछरा भिर र याङ्गार इलिङ डाँडाको सडकमा  यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म आवत–जावतमा उक्त दुई ठाउँ च्याछरा भिर र इलिङ डाँडामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको गाडी चालक सुन्दर आचार्यले बताए । चालक आचार्यका अनुसार सदरमुकाम सिमकोटदेखि हिल्सासम्म ९४ किलोमिटर सडक पर्दछ । दुई स्थानमा यातायातका साधन आवत–जावत गर्दा सारै जोखिम हुने भएकाले दुर्घटना निम्तिन देखिने सम्भावना रहेको छ । च्याछराभिरको करिब तीन सय मिटर सडक अप्ठ्यारो छ । सिमकोटबाट जाँदा उकालो, साघुँरो सडक, बीचमा सडक पानीले चिरा–चिरा पारेको छ । 

रातिको समय उक्त सडक पार गर्न नसक्ने अवस्था रहेको ट्याक्टर चालक नाक्पु लामाले बताए । त्यस्तै हिल्साबाट आउँदा सडक ओरालो हुने गाडी चिप्लिने, ब्रेकले काम नगर्ने हुँदा पनि सडकमा आवत–जावत गर्नुपर्ने बाध्यता भएको उनले बताए । 

नाम्खा गाउँपालिकाकै वडा नं. ४ को इलिङ डाँडाको सडक पनि च्याछराकै अवस्थामा देखिएको छ । इलिङ डाँडाको सडक जाँदा एक तिरको सडकको लेन दविएको र अर्काे तिरको सडकको लेन उठेको हुँदा गाडी पल्टिने सम्भावना देखिएको छ । 

उक्त सडक बीच–बिचमा खाल्डा र एक धारे गरेर यातायातका साधन सञ्चालन गर्नुपर्ने हुँदा यात्रु डरले झरेर पैदल यात्रा गर्ने गरेको देखिन्छ । इलिङ डाँडाको करिब तीन किलो मिटर सडक जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको सडक हुम्लाकै व्यस्त सडक पर्दछ । हुम्लामा पर्यटन आगमन समय भएकाले उक्त सडकमा विदेशी पर्यटन गाडीमा यात्रा गर्न डराउने हुँदा हेलिकप्टर चार्टर गरेर सिमकोटबाट हिल्सा जान बाध्य भएको एक जना पर्यटकले बताए । 

सडकको स्तरोन्नति पटक–पटक गरेको भएपनि जस्ताको त्यस्तै देखिन्छ । उक्त सडकमा गाडी, टिपर, मिनि ट्रकलाई खालि सवार गर्न मुस्किल हुँदा  माटो भरेर सवार गर्नुपर्ने बाध्यता रहेको छ । यसमा स्थानीय सरकार, पूर्वधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले समयमै ध्यान दिन जरुरी देखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise