२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

शाओमीले नेपालमा ल्यायो रेड्मी १३

ADV
मध्यान्ह
२०८१ असार १३ गते २०:३७
शाओमीले नेपालमा ल्यायो रेड्मी १३

काठमाडौं : शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामेरा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ नेपालमा लन्च गरिएको हो ।

‘नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ, हामीले हाम्रा ग्राहकहरुलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौँ, लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने ।

रेड्मी १३ ६ जिबी प्लस १२८ जिबी र ८ जिबी प्लस २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । ६ जिबी प्लस १२८ जिबी र ८ जिबी प्लस २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः १८ हजार नौ सय ९९ र २१ हजार नौ सय ९९ रहेको छ । रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise