२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

इन्ड्राइभले शुरु गर्‍यो कुरियर सेवा

Nada
२०८१ असार १३ गते २०:४०
Shares
इन्ड्राइभले शुरु गर्‍यो कुरियर सेवा

काठमाडौं : इन्ड्राइभले डेलिभरीसमेत प्रदान गर्ने भएको छ । कम्पनीले एक कार्यक्रममार्फत् उक्त जानकारी दिएको हो । ‘हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौं, हाम्रा सेवाहरुलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरु ल्याउन प्रतिबद्ध छौं, हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरु दर्ता भइरहेका छन्’, इन्ड्राइभ (एपिएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन्, ‘हामीले नेपालका यात्रुहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं, सन् २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा दुई सय प्रतिशतको वृद्धि र सन् २०२४ को पहिलो छ महिनामा इन्ड्राइभले सवारीहरुमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ ।’

ncell

उनले नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित भएको बताइन् । यो सेवाले बुकिङकै दिन २० किलो वा सोभन्दा कम तौलका पार्सलहरुको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ, इन्ड्राइभ डेलिभरीमार्फत् हामी नेपालका साना व्यवसाय र व्यक्तिहरुले सामना गर्ने लजिस्टिक चुनौतीहरुको सामनालाई समाधान गर्ने आशा राख्दछौं’, उनले भनिन् । नयाँ सुरक्षा सुविधाहरुमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सीटहरुबाट सुरक्षालाई प्राथमिकता दिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर