२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

विद्यार्थीलाई स्कुल पोसाक

draupadi film
कृष्ण तिवारी
२०८१ माघ २४ गते २१:१३
विद्यार्थीलाई स्कुल पोसाक

रौतहट : रौतहट फतुवा विजयपुर नगरपालिका–३ मेवामा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल पोसाक वितरण गरिएको छ । 

बिहीबार एक कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत ४ सय ८० जना विद्यार्थीलाई आर्थिक वर्ष २०८१/८२ छात्रवृत्तिको रकमबाट स्कुल पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामजन्म महतोले जानकारी दिए । 

प्रत्येक विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले स्कुल पोसाक वितरण गरिएको प्र.अ. महतोले बताए ।

विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरुको लागि आउने छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि ५ सम्मका ४ सय ८० विद्यार्थीहरुलाई  पोसाक वितरण गरिएको प्र.अ. महतोले बताए ।

विद्यार्थीहरुलाई स्कुल पोसाक शैक्षिक सुधारको एक अंश भएकोले यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले स्कुल पोसाक वितरण गरिएको वडाध्यक्ष रामेइश्वर यादवले बताए ।

कार्यक्रममा पूर्ववडाध्यक्ष  दीपनारायण साह, समाजसेवी विरेन्द्रप्रसाद यादव, दिना साह, शिक्षक राम आशिष गुप्ता,  माधुरी महतो, संगिता पडित, राजेश साह लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise