२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

रिडी–बल्कोट सडक एक महिना बन्द

Nada
२०८१ माघ २५ गते १२:०३
Shares
रिडी–बल्कोट सडक एक महिना बन्द

गुल्मीः मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएकोे हो । 

ncell

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरुमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरी काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।  

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरिसकेको छ । 

ताजा खबर

सम्बन्धित खबर