काठमाडौं : नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डाको फुटबल मैदानमा आवश्यक भौतिक पुर्वाधार निर्माण गरी अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली सेनालाई आज हस्तान्तरण गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
एन्फाले करिब १५ लाख खर्च गरी भिभिआइफ पारापिट मुनिको दुईवटा चेन्जीङ रूम, रेफ्री रखेलाडीहरूको लकर, रङरोगन लगायतका काम एन्फाले गरेको छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दा अभ्यास मैदानको रूपमा सेनाको यो मैदान एन्फाले प्रयोग गर्न पाउने सहमति भएको बताइएको छ ।
केहि समय अगाडी सेनाले यो मैदानको पुन निर्माण गरी मैदानलाई थप व्यवस्थित बनाएको थियो । मैदानसँगै सेन्थेटिक ट्रयाक पनि हालेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies