२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने ७ जना पक्राउ

shivam cement
२०८१ माघ २५ गते १८:१०
Shares
सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने ७ जना पक्राउ

काठमाडौंः सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका-६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका-७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका-७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् । 

विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डररत्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर