२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रियंका कार्की 'माइली' मा अनुबन्धित 

ADV
मध्यान्ह
२०८१ असार १४ गते १२:२०
प्रियंका कार्की 'माइली' मा अनुबन्धित 

काठमाडौँ  : रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । 

बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । फिल्म युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । 

दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ  ।

असारको अन्तिमबाट छायाङ्कन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाईँको संगीत रहनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise