२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

ADV
मध्यान्ह
२०८१ असार १४ गते १२:४९
सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग  स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासीयरुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो ।

दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनसायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो । यस सहयोगबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटिएम. र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५६ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षमा थप ४ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise