२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १४:५४
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं : फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । प्रहरीले सोमबार दिउँसो थापालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो । पक्राउ पुर्जी जारी भएपनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनीविरुद्ध ठगी, अपराधिक विश्वासघात, एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो । 

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise