२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने

draupadi film
मध्यान्ह
२०८१ माघ २८ गते २१:२३
अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्कासन गर्ने भएको हो ।

जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता–पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरू जडान गरी अबको १ वर्ष भित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise