२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

लुम्बिनीका ग्राहकलाई होटल वृन्दावनमा छुट

draupadi film
मध्यान्ह
२०८१ माघ २८ गते २१:२४
लुम्बिनीका ग्राहकलाई होटल वृन्दावनमा छुट

काठमाडौं : लुम्बिनी विकास बैंकका ग्राहकले होटेल वृन्दावनको सेवामा छुट पाउने भएका छन् । बैंक र होटल वृन्दावनबीच भएको सम्झौतासँगै बैंकका ग्राहकले होटलको सेवामा छुट पाउने भएका हुन् । 

होटल वृन्दावन पर्सा जिल्लाको वीरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकहरूलाई होटल वृन्दावनका विभिन्न सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो । होटल वृन्दावनको विभिन्न सेवा तथा सुविधाहरू अन्तर्गत ग्राहकहरूले खानाका परिकार तथा पेय पदार्थहरूमा १० प्रतिशत साथै होटल कोठाहरूको शुल्कमा ३० प्रतिशत छुट लिन सक्नेछन् ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्णकुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफ ले संयुक्त रूपमा हस्ताक्षर गरे ।

ADV

सम्बन्धित खबर

Advertise