२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

Nada
२०८१ माघ २८ गते २१:२६
Shares
नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं/मस – नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र लाभांश पारित गरेको छ ।

ncell

साधारण सभाले आव ०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र लाभांशको रूपमा प्रदान गर्ने भएको हो । जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको करसहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

२०८१ असोज मसान्तसम्ममा सो कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ र शेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल एक सय ९५ कार्यालय सञ्जालहरूमार्फत् जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर