२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ  

hardik ivf
मध्यान्ह
२०८१ माघ २९ गते १३:५६
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ  

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भइ काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।  

पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise