२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ ३० गते १३:३४
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका–२३ बसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।  

पक्राउ मध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र विशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise