२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वरिष्ठ मेकअप आर्टिष्ट पाण्डे सम्मानित

ADV
मध्यान्ह
२०८१ असार १४ गते १९:३३
वरिष्ठ मेकअप आर्टिष्ट पाण्डे सम्मानित

काठमाडौं : राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोका प्रमुख तथा लोकप्रिय मेकअप आर्टिष्ट टेकराज पाण्डे राजधानीमा  सम्मानित भएका छन् । राजधानीमा ‘मिस एण्ड मिसेस् इन्डिजिनियस २०२४’ प्रतियोगितामा पाण्डेलाई सम्मान गरिएको हो ।

जमालस्थित राष्ट्र्यि नाचघरमा आयोजित एक भव्य समारोहका बीच प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधि सभाको सदस्य सीता गुरुङलगायतका विशिष्ट व्यक्तित्वहरुको हातबाट उनलाई जिनियस सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो ।

लामो समयदेखि सौन्दर्यकला तथा वरिष्ठ मेकअप आर्टिष्टको रुपमा ख्याती कमाएका पाण्डे इभेन्ट अर्गनाइजरको रुपमा समेत परिचित छन् ।

मिस एण्ड मिसेस ब्युटीफुल, मिस एण्ड मिसेस ग्यालेक्सीलगायत प्याजेन्टको समेत आयोजना गर्दै आइरहेका पाण्डे दक्ष इन्टरनेशनलका प्रमुख हुन् ।

थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भइसकेका पाण्डेले सयौंलाई मेकअपसम्बन्धी तालिम दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise