काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भइ काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।