काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरूलाई वात्सल्य नेचुरलबीच सेवा प्रदान गर्दा छुट दिने विषयमा सम्झौता भएको छ । बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई आइभिएफ सेवामा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।