२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

विदेश पठाइदिने भन्दै ठग्ने पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ ३० गते २२:१८
विदेश पठाइदिने भन्दै ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा युरोपेली मुलुक ग्रिस पठाउने भन्दै ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले १ जनालाई पक्राउ गरेकोे छ । नवलपरासीको पूर्व हुप्सेकोट गाउँपालिका– ४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका– १६ वनस्थली बस्ने ३० वर्षीया रोश्मी सोतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि रोश्मीले ग्रिस पठाइदिन्छु भन्दै १ जनाबाट ६ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । 

सोतीलाई आवश्यक अनुसन्धान तथा वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise