२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : ४ जनाको मृत्यु, २६ जना घाइते

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १६:२६
ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : ४ जनाको मृत्यु, २६ जना घाइते

काठमाडौंः ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् । ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ ।

मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए । अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मीहरू परिचालित गरिएका थिए । भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए ।

ताइचुङकी मेयर लु शिओ–येनले घटनास्थलमा पत्रकारहरूलाई नजिकैको आफ्नो कार्यालयमा धक्का महसुस गरेको बताइन् । उनका अनुसार फायर ब्युरोले पहिले उद्धार कार्यमा ध्यान केन्द्रित गर्नेछ तर अनुसन्धान पनि जारी छ । अधिकारीहरूले अन्य खतराका स्रोतहरू छन् कि छैनन् भनेर जाँच गरिरहेका छन् । ताइवानका राष्ट्रपति लाई चिङ–तेले दुर्घटनाको कारण अनुसन्धान गर्न सम्बन्धित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise