२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सम्झौता

Nada
२०८१ फागुन १ गते २१:१०
Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सम्झौता

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच बीमा सम्बन्धी सम्झौता भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा सेवाको सुरु गरेको हो । इनड्राइभ नेपालका प्रयोगकर्ताहरूलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार एक कार्यक्रमको आयोजना गरी सुरु गरेको हो ।

ncell

उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको बीमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ । साथै, नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । 

साथै, बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत् दाबी गरी लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बीमा सेवाबाट समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनड्राइभ प्रयोगकर्ताहरू आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नसक्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर