२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भारतको उर्जा सप्ताहमा भाग लिएर उर्जामन्त्री खड्का स्वदेश फिर्ता

Nada
२०८१ फागुन १ गते २१:३१
Shares
भारतको उर्जा सप्ताहमा भाग लिएर उर्जामन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि सुरु भएको उर्जा सप्ताहमा भाग लिएर मन्त्री खड्का आज बेलुका स्वदेश फर्किएका हुन् ।

ncell

मन्त्री खड्कालाई उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिंचाई सचिव सरीता दवाडी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, मन्त्रालयका सहसचिव जीवछ मण्डललगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजना भएको उक्त सप्ताहमा नयाँ प्रविधिको प्रयोगमार्फत कार्वन न्यूनीकरणको विभिन्न मोडलको विषयमा छलफल भएको थियो । 

उक्त सप्ताहमा मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’सम्बन्धी दुई वटा मन्त्रीस्तरिय सेसनलाई सम्बोधन गरेका थिए । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गरेको छ । 

भारत भ्रमणका क्रममा उर्जामन्त्री खड्काले भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 

भेटमा दुई देशवीचको उर्जा सहकार्य, पञ्चेश्वर, सप्तकोशी बहुउदेश्यीय आयोजनालगायतलाई अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री खड्काले जानकारी दिए । 

भारतको उर्जा सप्ताहमा १० देशका ७० हजार उर्जा व्यवसायी सहभागीता रहेको थियो । यस्तै, विभिन्न ९० सत्रमा उर्जा विकास सम्बन्धी छलफल, ७०० उर्जा प्रदर्शनी कक्ष राखिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर