२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

अझै पर्ख र हेरकै अवस्थामा घरजग्गा कारोबार

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते २०:५०
अझै पर्ख र हेरकै अवस्थामा घरजग्गा कारोबार

काठमाडौं : देशभर घरजग्गाको कारोबार बढ्न सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुुसमा भन्दा माघमा घरजग्गा कारोबार घटेको छ । मंसिरमा भन्दा पुसमा सुधारात्मक अवस्थामा रहेको घरजग्गा माघमा फेरि घटेको हो । विभागकोअनुसार माघमा देशै भरी ४३ हजार १४० वटा घरजग्गाको लिखत पारित भएको हो । 

जसमध्ये सबैभन्दा धेरै घरजग्गाको कारोबार मोरङ जिल्लामा भएको छ । माघमा मोरङका ३ वटा मालपोत कार्यालयमार्फत् सबैभन्दा धेरै २८ सय १६ वटा घरजग्गाको कारोबार भएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा ५/५ वटा कारोबार भएको विभागको अभिलेखमा छ । यस्तै सबैभन्दा धेरै घरजग्गा कारोबार गर्ने सुनसरीको इनरुवा स्थित मालपोत कार्यलय बनेको छ । इनरुवाबाट १७ सय ४ वटा कारोबार भएको छ भने मालपोत कार्यालय बाणगंगा, बोडगाउँ कपिलवस्तुमा सो अवधिमा शुन्य कारोबार भएको छ ।

बैकहरूमा निक्षेप निरन्तर बढ्दा समेत घरजग्गामा कारोबार बढ्न सकेको छैन । बैंकको व्याजदर सस्तो हुँदा समेत घरजग्गा कारोबारमा कर्जा लिनेको संख्या बढ्न सकेको छैन । बैंकमा कर्जा लिन सस्तो हुँदा पनि घरजग्गामा लगानी गर्नेहरू अझै पर्ख र हेरको अवस्थामै छन् । 

माघमा घरजग्गा कारोबारबाट सरकारले १ अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा झण्डै १५ करोडले कमी हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ । जबकि अघिल्लो महिना पुसमा सरकारले घरजग्गा कारोबारमार्फत् ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७८९ रुपैयाँ राजस्व र १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा १ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise