२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

बीवाईडीको डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते २०:५४
बीवाईडीको डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सार्वजनिक

काठमाडौं  बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ । बिवाईडीले डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सार्वजनिक गरेको हो । सो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने विश्वास बीवाईडीको छ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी सबैलाई सहज रूपमा उपलब्ध गराउन लागेको हो ।

डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।

विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा फाइभ आर १२ भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ । यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्ने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise