२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

hardik ivf
मध्यान्ह
२०८१ फागुन ३ गते १३:०३
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद् स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषद्को अध्यक्षता आन्तरिकमामिला मन्त्री डग बर्गमले गर्नेछन् । 

ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ट्रम्पले शुक्रबार एक लाइसेन्समा हस्ताक्षर गरेका छन् । जसले अमेरिकी राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास(एलएनजी) निर्यात गर्न अनुमति दिनेछ ।

नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड(२.५७ मिलियन वर्ग किलोमिटर)अपतटीय संघीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ ।

राष्ट्रपति ट्रम्पले भने, “यदि तपाईँ यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईँ नेट वर्थको पक्षमा हुनहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन् । हामी यसलाई फिर्ता गर्दैछौँ ।”

ADV

सम्बन्धित खबर

Advertise