२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य

Nada
२०८१ फागुन ४ गते ११:२४
Shares
तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य

काठमाडौंः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु २ हजार ७०० र चाँदी रु १५ले घटेको हो । 

ncell

गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर