काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन गरिएको बताएका छन्। साथै, सत्ता साझेदार दलहरूबीच कुनै शंका उपशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका दुई प्रमुख दलसहित अन्य दलहरूको सहभागितामा सरकार गठन गरिएको बताए ।
गठबन्धनमा रहेका दलहरूबीच मुलुकको समृद्धि र स्थायित्वलाई सुनिश्चित गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उनको भनाइ थियो ।
पूर्णपाठ