२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

shivam cement
मध्यान्ह
२०८१ फागुन ४ गते २२:०१
आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

काठमाडौं : आईएमई पे र खल्तीबीच मर्जरका लागि सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवाप्रदायक दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको हो । यो नेपालमा सञ्चालमा रहेका प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच हुन लागेको पहिलो मर्जर सम्झौता हो । 

एक साता भित्र सम्झौताको घोषणा गर्ने तयारी भएको सम्बन्धित कम्पनीका अधिकारीले बताएका छन् । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूको नियमन बलियो बनाउनका लागि मर्जर तथा प्राप्तिसम्बन्धी नीति लिएसँगै दुई कम्पनी मर्जर सम्झौताको तयारीमा जुटेका हुन् । सम्झौता स्वीकृतिका लागि आइतबार राष्ट्र बैंकमा पठाइएको जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise