२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

विवादका कारण ११ वर्षीय बालकको हत्या, खाल्डोमा भेटियो शव

hardik ivf
मध्यान्ह
२०८१ फागुन ५ गते १२:१२
विवादका कारण ११ वर्षीय बालकको हत्या, खाल्डोमा भेटियो शव

काठमाडौंः विवादका कारण एक बालकको हत्या गरिएको छ । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरले बालकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुले घर परिवारको निवेदनअनुसार खोजिकार्य थालेको थियो । बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

मृतक बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाउँदा विवाद भएको र बालकले घरमा भनिदिन्छु भनेपछि उनीहरुले २५ गते नै हत्या गरी घर नजिकै खाल्डो खनी गाडेका थिए । दुबै जनालाई नियन्त्रणमा लिइ उनीहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise