चितवन : चितवनको खैरहनी नगरपालिकाको होम क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार उनी खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित केसी वोरा उद्योगमा कार्यररत मजदुर हुन् । उनी बारा कलैयाका हुन् ।
सामान्य मजदुरको काम गर्ने ती ४१ वर्षीय पुरुषको स्वाब संकलन गरी भरतपुर कोभिड–१९ प्रयोगशाला पठाउने तयारी गरिएको छ । चिकित्सकका अनुसार मृतकमा कोरोना भाईरस सम्बन्धी कुनै लक्षण देखिएको थिएन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies