२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘सानिमा फ्लेक्सी फण्ड’को इकाई बिक्री खुला

Nada
२०८१ फागुन ५ गते २०:३९
Shares
‘सानिमा फ्लेक्सी फण्ड’को इकाई बिक्री खुला

काठमाडौं : ‘सानिमा फ्लेक्सी फण्ड’ सञ्चालनको लागि नेपाल धितोपत्रले स्वीकृति प्रदान गरेको छ । सानिमा बैंक लिमिटेड, कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।

ncell

गत शुुक्रबार सेबोनबाट स्वीकृति पाएसँगै सानिमा फ्लेक्सी फण्ड सर्वसाधारणहरुका लागी यही फागुन ६ गतेदेखि ११ गतेसम्म र ढिलोमा २० गतेसम्म इकाई बिक्री खुला हुँदैछ । इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार देखि अधिकतम ४ करोडसम्म लगानीका लागि आवेदन गर्न सक्ने भएका छन् ।

सो योजनाको पहिलो चरणमा स्वीकृत आकार एक अर्ब रहेको छ । खुलामुखी प्रकृतिको सो सामूहिक लगानी कोष योजनाको कुल आकार प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रूपमा बिक्रीका लागि खुल्ला गरिन लागेको हो । 

उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ (पन्ध्र) प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकार्ई छुट्याइएको छ । त्यस्तै, योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रूपमा बिक्रीको लागि खुल्ला गरिनेछ । 

सो योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरू कुनै पनि धितोपत्र बजारमा सूचीकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरू मार्फत् निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरूले योजना व्यवस्थापकको कार्यालय सममार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरू साथै अनलाईनमार्फत् इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत् सहभागी भई लगानी गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर