२०८१ फागुन ८ गते बिहिवार / Feb 20 , 2025 , Thursday
२०८१ फागुन ८ गते बिहिवार
Ads

शाओमी १४ टी नेपालमा सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन ५ गते २०:४०
शाओमी १४ टी नेपालमा सार्वजनिक

काठमाडौं : शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टी नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित सो स्मार्टफोन नेपालमा सार्वजनिक भएको हो । सो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने, ‘शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो, लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौंं, हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।’

शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टि मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ । शाओमी १४ टी टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लू कलर भेरियन्टमा १२ जिबी प्लस ५१२ जिबी अप्सनमा उपलब्ध रहेको छ । यसको मूल्य ६४ हजार ९९९ तोकिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise