काठमाडौं : डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो ।
डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार, डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गर्दछ ।
कम्पनीका प्रमुख उत्पादनहरूमा सी पीभीसी पाइप, सी पीभीसी फिटिङ, यू पीभीसी पाइप, यू पीभीसी फिटिङ, भूमिगत पाइप, र बोरवेल पाइपहरू समावेश रहेका छन् । डल्फिन पोलिप्लास्ट, स्थापनाकाल देखि नै आफ्ना ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको दाबी कम्पनीको छ । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्तिले कम्पनीलाई गुणस्तरलाई थप सुदृढ गर्दै अघि बढ्न प्रेरित गरेको कम्पनीको भनाइ छ ।