काठमाडौं : तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको प्लाटिना मोटरसाइकलको माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।
तौलिहवाको बुद्ध पद्म मावि, खेल मैदानस्थित केदारनाथ अटोमोवाइल्सले सो कार्यक्रम आयोजना गर्ने भएको हो । सो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र विशेषतालाई झल्काउनुका साथै चालकबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।
कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्ने जनाइएको छ । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।