२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन ६ गते १२:५५
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भइ भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise