एजेन्सी : भारतको गुजरातस्थित एक कोरोना विशेष अस्पतालमा आज विहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदावादस्थित श्रेय अस्पतालमा आगलागी भएमा परेर मृत्यु हुनेमा तीन जना महिला रहेका छन् ।
एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर अस्पतालमा आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीपछि ४० जना संक्रमितलाई अन्य अस्पतालमा सारिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीको घटनाप्रति दुःख प्रकट गरेका छन् । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको तत्काल छानविन गर्न आदेश दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies