२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

बाढीपहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माण गरिने

hardik ivf
मध्यान्ह
२०८१ फागुन ६ गते १६:३३
बाढीपहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माण गरिने


काठमाडौं : असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्न सहमति प्रदान गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ४ फागुनमा  माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरू पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेका हुन् । 

२६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित छन् । सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन् ।

त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise