काठमाडौं : एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ सी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गरेको छ ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा एक भव्य कार्यक्रमको आयोजन गर्दै उक्त सिरिज लञ्च गरेको हो । उक्त कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब सात सय जना सरोकारवालाहरूको सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहेको थियो भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो ।
‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित भएको शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पारेको दाबी गरिएको छ ।