काठमाडौं : नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘रिभ्याम्प नेपाल’ हुने भएको छ । नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपहरूलाई प्रवद्र्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’को छैटौँ संस्करण फागुन १० गते शनिबार काठमाडौं भृकुटीमण्डपमा हुने भएको हो । यस संस्करणलाई नेपालकै सबैभन्दा ठूलो स्टार्टअप तथा व्यापार प्रदर्शनी बनाउने तयारी भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसपटक सातै प्रदेशमा प्रदेश संस्करणहरू समेत सञ्चालन गरिनेछ । जसले नेपालभरका व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग हुने विश्वास गरिएको छ । ‘रिभ्याम्प नेपाल’ले नेटवर्किङ, लगानी र फ्रेन्चाइजिङ अवसरहरू प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यस वर्षको संस्करणमा १५० भन्दा बढी स्टार्टअपहरू सहभागी हुने अपेक्षा गरिएको छ भने १० हजारभन्दा बढी दर्शकहरू उपस्थित हुने अनुमान गरिएको छ ।
सन् २०२१ मा सुरु भएको रिभ्याम्प नेपालले नेपालका स्टार्टअप तथा एसएमईका लागि बजार पहुँच, व्यवसाय वृद्धिका अवसर तथा नयाँ लगानीकर्तासँगको सम्पर्क जोड्ने पुलको काम गर्दै आएको छ । पछिल्ला पाँच सफल सँस्करणपछि, यस पटकको इभेन्टलाई अझ भव्य बनाउने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार यो इभेन्ट नेपालका उद्यमी, लगानीकर्ता, र व्यवसाय उत्साहीहरूका लागि नयाँ सम्भावनाहरू अन्वेषण गर्ने तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ । नेपालका स्टार्टअप र एसएमईलाई नयाँ उचाइमा पु¥याउने यस महत्वपूर्ण इभेन्टमा सहभागी हुन आयोजकले आह्वान गरेको छ ।