२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट ७ पञ्जाबी सर्वसाधारणको मृत्यु 

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते १६:५४
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट ७ पञ्जाबी सर्वसाधारणको मृत्यु 

पाकिस्तान : अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ । 

उक्त सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको एक सरकारी अधिकारीले बुधबार बताए । 

पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा गोली हानी हावा खुस्काइदिएको र बस रोकिएपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको सो क्षेत्रका एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए । 

“आतङ्ककारीहरू बन्दुकधारीहरू बसमा चढे र यात्रुहरूको परिचयपत्र देखाउन भने त्यसपछि पञ्जाबीहरूलाई बसबाट निकालियो र हत्या गरियो,” उनले भने । 

“उनीहरूलाई लाइनमा उभ्याएर र गोली हानी मारिएको थियो,” उनले भने । समाचार तयार पार्दासम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ । 

ADV

सम्बन्धित खबर

Advertise