२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

जनताको अपमान गर्ने प्रश्न

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते ०७:५९
जनताको अपमान गर्ने प्रश्न

केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवार ढंगले प्रस्तुत भएका थिए । ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्न सोध्ने सांसदहरूमाथि उल्टै प्रश्न सोध्ने शैली अपनाएका प्रधानमन्त्री ओलीले अन्तिम प्रश्नको जबाफै दिएका थिएनन् । आम जनता पार्टीका सांसद प्रभु साह अन्तिम प्रश्नकर्ता थिए ।

सरकारको कार्यसम्पादनसहितका समस्याहरूलाई सांसद साहले आफ्नो प्रश्नमा समेटेका थिए । तर, स्तरहीन प्रश्न सोधिएको भन्दै प्रधानमन्त्री ओलीले जबाफ दिनै नपर्ने तर्क गरेका थिए, जबकि साहले उठाएका केही प्रश्न त आज सिंगो मुलुकले खेपिरहेका प्रमुख समस्या नै थिए, जसलाई प्रधानमन्त्री ओली ‘स्तरहीन’ संज्ञा दिएर पन्छिए । प्रभु साहले प्रश्न गर्नु र प्रधानमन्त्रीले ‘जबाफ दिन्नँ’ भन्नु राजनीतिक कुरा हो, त्यसप्रति ठूलो आपत्ति केही छैन । 

तर, सांसद साहले उठाएको एउटा प्रश्नचाहिँ हाम्रो राजनीतिक संस्कार र मनोविज्ञानसँग जोडिएको छ । प्रभु साहको प्रश्न थियो, ‘प्रधानमन्त्रीले चाँडै भारत भ्रमण हुन्छ भन्नुभएको थियो । किन भएन ?’ यो प्रश्न शब्दभन्दा धेरै मनोविज्ञान हो । भारत भ्रमण जान्छु भनेको प्रधानमन्त्रीले भारत भ्रमण गर्न नसक्नुलाई अयोग्यताका रूपमा अथ्र्याउन खोजिएको हो ।

त्यसैले प्रधानमन्त्री ओली पनि रिसाए, जकाफै नदिई रोष्ट्रमबाट हिँडे । प्रभु साहको त्यस्तो प्रश्नबाट रोष्ट्रम छाडे पनि प्रधानमन्त्री ओलीलाई यस्तै प्रकृतिका प्रश्नले छाड्नेवाला छैनन् किनकि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न नसक्नुको अर्थ ‘त्यो सरकार अब लामो जाँदैन’ भन्ने भाष्य जबर्जस्त स्थापित गरिएको छ । 

यस्तो भाष्य निर्माण हुनु असाध्यै निन्दनीय कुरा हो । सार्वभौम देशका प्रधानमन्त्री कति समय टिक्छ भन्ने विषय कुनै अर्को देशको भ्रमणसँग जोडिनु हुन्न । आफ्नै देशको संसद्को समीकरण सरकारको गठन÷पुनर्गठनमा निर्णायक हुनुपर्छ । यसको अर्थ कुनै पनि छिमेक देशसँग सम्बन्ध बिगार्ने भन्ने होइन तर आन्तरिक मामलामा बाह्य हस्तक्षेप स्वीकार्ने भन्ने होइन ।

आजको संसारमा हरेक देश आफ्नो निर्णय गर्न योग्य छन् । यति सामान्य सत्य पनि नबुझेर हाम्रा नेतृत्व वर्गले सधैं ‘भारत भ्रमण र सत्ताको आयु’लाई एकअर्काको पर्याय मानिरहेको अनुमान लगाउन सकिन्छ । यस्तो मनोविज्ञान भनेको सार्वभौम नेपाली जनताको अपमान हो, राष्ट्रघाती कुरा हो । सत्तालाई अप्ठ्यारो पार्ने नाममा छिमेक सम्बन्ध र कूटनीतिक मामिलालाई दुरुपयोग नगरौं ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise