काठमाडौँ : भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक भाजपाका नेताहरूको सहभागिता रहेको थियो । बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।