२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

हनुमानढोकामा मृत भेटिएका व्यक्तिको हत्या पुष्टि, दुई जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ फागुन ८ गते १४:३९
हनुमानढोकामा मृत भेटिएका व्यक्तिको हत्या पुष्टि, दुई जना पक्राउ

काठमाडौंः हनुमानढोकामा मृत भेटिएका पुरुषको हत्या भएको पुष्टि भएको छ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि आज बिहान शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि प्रहरी परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । 

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरी अनुसन्धान गर्दा दुवै जनाले हत्या स्वीकार गरेका हुन् ।

मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरुले पनि बाँसको भाडाले हानेको आरोपितको भनाइ छ । उनीहरुलाई हनुमानढोकास्थित एक घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise